Websoft University

www.radiomakalu.com || 021-522512


भूकम्पको धक्का महसुस




बैतडी,माघ २८ गते । सुदूरपश्चिमको दार्चुलास्थित हिकिला गाविसलाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ ।


बिहान ११ बजेर १३ मिनेट जाँदा सो भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थ दहालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालअनुसार भूकम्पबाट हालसम्म कुनै प्रकारको क्षति भएको सूचना प्राप्त भएको छैन ।

यसअघि माघ २५ गते राति पनि भारतको उत्तराखण्ड प्रदेशको बद्रीनाथ क्षेत्र आसपास केन्द्र बनाएर ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प जाँदा त्यसको असर नेपालको सुदूरपश्चिम क्षेत्रमा महसुस भएको थियो ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget