Websoft University

www.radiomakalu.com || 021-522512


व्हाइट हाउस छाडेपछि ओबामाकी छोरीले शुरु गरिन यस्तो काम (फोटोफिचर)



वाशिंगटन, २० माघ गते । अमेरिकाको राष्ट्रपति पदबाट हटेपछि बाराक ओबामा र मिचेल ओबामा अहिले रिचार्ड ब्रानसनको आइल्याण्डमा विदा मनाइरहेका छन् ।


यता ओबामाकी १८ बर्षीया छोरी मालियाले विनस्टिन नामक फिल्मी कम्पनीमा यस हप्तादेखि इन्टरसीपमा काम शुरु गरेकी छिन् ।


टीएमजेट नामक समाचारका अनुसार मालियाले यही सोमबारबाट उक्त कम्पनीमा काम थालेकी हुन् । उनले कम्पनीका अधिकारीको लागि फिल्म स्क्रिपिट तयार गर्ने तथा सम्पादन गर्ने काम गर्छिन् ।


मालिया बुधवार कार्यालय आउँदा अग्लो जिन्सपाइन्ट खैरो ज्याकेट लाएर आएकी थिइन् । र, जाडो छल्न घुँडासम्म आउने अग्लो जुत्ता लाएर आएकी थिइन् ।
उनी आफ्ना कार्यालयका सहकर्मीसँग खाजा खान बाहिर निस्कने गर्छिन् ।

मालिया कम्पनीको प्रोडक्सन र डेभलोपमेन्ट शाखामा काम गर्छिन् । कम्पनीका अधिकारीको लागि स्क्रिप्ट पढ्ने तथा सम्पादन गर्ने काम गर्छिन् उनी ।


उनले यो वसन्त ऋतुसम्म कम्पनीमा इन्टर्नका रुपमा काम गर्ने छिन् भने उनले काम गरेवापट प्रतिघण्टा ९ सय ७० रुपैयाँ कमाउँछिन् ।

मालियाले काम शुरु गरेको यो पहिलोपटक भने होइन । उनले सन २०१५ मा पनि एचबिओ टेलिभिजनको ‘सिरिज गल्र्स’ कार्यक्रममा इन्टर्नको रुपमा काम गरिसकेकी छिन् ।

मालियाले गतबर्षको वसन्त ऋतुमा हाइस्कूलबाट ग्रायजुएट गरेकी थिइन् । हार्वर्ड युनिभर्सिटीमा पढाई शुरु हुन बीचमा एकबर्षको खाली समय थियो मालियासँग । त्यसैले उनले उक्त खाली समयको जागिर गरेर सदुपयोग गर्न खोजेकी हुन् ।


व्हाइट हाउस छाडेपछि ओबामाको परिवार वाशिंगटनस्थित घरमा सरेका छन् । मालियाको बहिनी सासाले भने हाइस्कूल पूरा गर्न बाँकी छ ।


विनस्टिन नामक उक्त कम्पनीको निर्माणमा ‘डिजान्गो अनचेन्ड’, ‘सिल्भर लिनिंग्स प्लेबुक’ र ‘दी किंग स्पीच’ नामक अवार्डमा सहभागी फिल्महरु निर्माण गरिसकेको छ । हालै कम्पनीले ‘लाइवन’ नामक फिल्म निर्माण गरेको छ । - एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget