इटहरी माघ २२ गते । इटहरी–५ मा रहेको पचरुखी मनि ट्रान्सफरमा शुक्रबार झण्डै चार लाख रुपैयाँ लुटपाट भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीका अनुसार दिउँसो साडे १ बजेतिर मनी ट्रान्सफरको कार्यालयबाटै सो रकम लुटिएको हो । एक समुहले त्यहाँको कर्मचारीलाई नियन्त्रणमा लिएर रकम लुटेको बताइएको छ ।
हतियार सहित आएका व्यक्तीले मनी ट्रान्सफरमा गएर पैसा निकाल्ने बहानामा कर्मचारीलाई नियन्त्रणमा लिएर लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटपाट गर्ने समुह बुलेट मोटरसाईकलमा आएको र लुटपाट पछि उत्तर तिर गएको बताइएको छ । सो समयमा मनि टान्सफरका कर्मचारी गणेश कार्की,सीता कार्की र सविता कार्की रहेका थिए ।
लुटेरा कार्यलयको च्यानल गेटमा बाहिरबाट ताला लगाएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । यता, इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवेदीले लुटेरा समुहको पहिचान भइसकेको जानकारी दिदै खोजी कार्य जारी रहेको बताए ।-मनोज भुजेल,रातोपाटी
Post a Comment