Websoft University

www.radiomakalu.com || 021-522512


दिपाश्री पुर्वेली सुपर मोडलसंग



विराटनगर माघ २८ गते । नेपाली सिने जगतकी सफल निर्देशक तथा निर्माता दिपाश्री निरौलाले सुपर मोडलका प्रतिस्प्रधीसँग आफ्ना जीवनका सघर्षका अनुभव सेयर गरेकी छिन् ।

छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ का प्रतिस्प्रधिसंग बिहीबार दिपाले आफ्नो जीवनमा २५ वर्ष देखी भोगेका दःुख सुखका अनुभवहरु सेयर गरेकी हुन् । साथै उनले व्यात्तित्व विकास तथा पब्लीक स्पिीकिङ्ग, मोडलिङमा आई पर्ने चुनौतीका बारेमा पनि प्रशिक्षण दिएकी थिईन् ।

विराटनगरको हाटखोला स्थित फन एण्ड फुड रिर्सोटमा जारी बन्द प्रशिक्षण तालिममा दिपाले प्रतिस्प्रधीहरु संग अभिनयकाबारेमा पनि प्रशिक्षण दिएकी थिईन । बन्द प्रशिक्षणमा पुर्वका १४ जना किशोरी रहेको ए–वान इन्टरटेनटमेन्टका चेयरपर्सन निराजन लुईटेलले जानकारी दिए । प्रतियोगिताको फाईनल भने आगामी फागुनको दोस्रो साता हुने आयोजकले जनाएको छ ।

बन्द प्रशिक्षणका क्रममा किशोरी कार्की, एश्वर्या खड्काले गीत र अभिनय गरेर दिपा सामु कला प्रस्तुत गरेका थिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget