Websoft University

www.radiomakalu.com || 021-522512


‘मुर्ख ट्रम्प’ : अमेरिकी राष्ट्रपतिलाई गिज्याउँदै अलकायदाद्वारा अडियो टेप जारी





यमन – यमनमा रहेको अलकायदाको कम्पाउण्डमा अमेरिकी सेनाले कारवाही गरेको केही दिनपछि अडियो टेप सार्वजनिक गर्दै अलकायदाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गिज्याएको छ ।

ट्रम्पको निर्देशनमा जनवरी २९ मा भएको उक्त कारवाहीमा अमेरिकी सेनाले समेत ज्यान गुमाएको थियो ।

उक्त कारवाहीको भत्सर्ना गर्दै अलकायदा इन अरेबियन पेनिनसुला (एक्युएकपी) का नेता कासिम अल–रिमीले ११ मिनेट लामो अडियो जारी गर्दै भनेका छन्, ‘ह्वाइटमा आएको नयाँ मुर्खले गालामा नमिठो झापड पाएको छ ।’

शनिबार अनलाइनमा जारी गरिएको उक्त अडियोलाई एसआइटीई इन्टिलिजेन्स ग्रुपले त्यसलाई अनुवाद गरेको थियो ।


अडियोमा रिमीले उक्त घटनामा दर्जनौँ अमेरिकी मारिएको र घाइते भएको पनि दाबी गरेका छन् । उक्त अमेरिकाले ठीक उल्टो जानकारी दिएको थियो । अमेरिकाका अनुसार नेभी सिलका विलियम रायन ओवेन्सको मृत्यु भएकोे र अन्य तीन जनाको घाइते भएका हुन् ।

रिमीले घटनामा १४ पुरुष र ११ महिला र बालबालिकाको मृत्यु भएको बताएका छन् ।

उक्त कारवाही अमेरिका र युएईले संयुक्त रुपमा गरेका थिए । कारवाहीको मुख्य लक्ष्य भनेको पनि रिमी नै भएको बताइन्छ ।

घटनामा २३ जना सर्वसाधारण मारिएको त्यहाँ कार्यरत गैरसंस्कारी संस्थाले जनाएको थियो ।-एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget