Websoft University

www.radiomakalu.com || 021-522512


उपनयनमा सामेल मन्त्रीसँग सडक कालोपत्रे गर्न स्थानीयबासीको माग





इटहरी, माघ १७ गते ।मोरङको केरौन गाविस –५ स्थित एक परिवारका सदस्यहरुको उपनयन (ब्रतबन्ध)मा सहभागी माननीय श्रम राज्यमन्त्री दिलिप गच्छदार समक्ष स्थानीयबासीले कानेपोखरी दक्षिण विराटनगर जाने राजमार्ग कालोपत्रे गर्न माग राखेका छन् । स्थानीय बुद्धिजीवि तुलसी बहादुर कार्कीको नाति तथा तिर्थ कार्कीको सुपुत्र समिर कार्कीसहित भतिजाहरु विश्वरुप, आईस, आर्यन कार्की र भान्जा खम्बराज बस्नेतको सो उपनयन (व्रतबन्ध)मा मोरङ क्षेत्र नं. ३ का नेपाली कांग्रेस सांसद तथा माननीय श्रमराज्य मन्त्री गच्छदार, केन्द्रीय बाल कल्याणका अध्यक्ष श्री डिल्ली गिरीसहित स्थानीयबासी, दाजुभाई, दिदीबहिनी, नातागोता, इष्टमित्र तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको थियो ।

सो उपनयनका अवसरमा उपस्थित स्थानीयबासी तथा सामाजिक अगुवाहरुले मन्त्रिसमक्ष स्थानीय मन्दिर निर्माण र कानेपोखरीबाट दक्षिणको विराटनगर पुग्ने बाटो कालोपत्रे सम्मका माग राखेका छन् । गाउलेको मागलाई सम्बोधन गर्दै आवश्यक प्रक्रियाहरु पुरा गरेर आउन आग्रह गर्दै आफ्नो क्षेत्रको विकासको लागि जहाँ जे गर्न पनि आफु तयार रहेको आश्वासन दिएका थिए । यद्यपि उनको आश्वासनमा स्थानीयबासी ढुक्क रहेको स्थानीय बुद्धिजीविहरुले बताएका छन् । लामो समयदेखि कालोपत्रे हुने प्रतिक्षामा रहेको यो बाटोबाट हामीले धेरै धुलो खाईसकेको र अब धेरै धुलोको प्रकोपबाट ज्यान जोखिममा पार्न नचाहेको हुँदा जनताको स्वास्थ्य र विकाससँग सरोकार रहेको सो राजमार्ग चाडो भन्दा चाडो बाटो कालोपत्रे हुनपर्ने माग स्थानीबासीको रहेको छ ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget