Websoft University

www.radiomakalu.com || 021-522512


यसरी उठ्दैछ भूकम्पले ध्वस्त ऐतिहासिक शहर साँखु (फोटो फिचर)





काठमाडौंमाघ १३ गते । भूकम्पका कारण ठूलो क्षति बेहोरेको काठमाडौंको ऐतिहासिक शहर साँखु बिस्तारै तङ्ग्रीन खोज्दैछ । भूकम्पका कारण शंखरापुर नगरपालिका अन्र्तगतका वडा नं ८, ९, १० र ११ को साँखु बजारमा बैशाख भूकम्पले ठूलो क्षति पुर्याएको थियो । यो नगरपालिकामा ३ हजार भन्दा बढी घरमा पूर्ण क्षति र झण्डै १ हजार घरमा आंशिक क्षति भएको थियो ।


भूकम्पपछि निजी आवास बनाउन सरकारले बितरण गरेको पहिलो किस्ताको ५० हजार रकम साँखुबासीले बल्ल पाउँदैछन् । तर उनीहरुले पहिलो किस्ताको रकम पाउनुअघि नै घर बनाउन शुरु गरेका छन् भने कतिपयको घर निमार्णको काम अन्तिम चरणमा पुगेको छ ।
उनीहरुले नगरपालिकाबाट नक्सा पास गरी भूकम्प प्रतिरोधी घर बनाएकोले सरकारले घर बनाइसकेपछि पनि घर हेरेर अनुदान दिने बिश्वास गरेका छन् ।
साँखु सुन्टोलमा हिराकाजी महर्जन ७५ बर्षमा हिँद्दैछन् । साँखु कहिल्यै नछोडेका उनले भूकम्पका कारण घर ध्वस्त भएपछि काठमाडौंको दक्षिणढोकामा एक बर्ष, जोरपाटीमा २ महिना भाडाको घरमा बसेपछि बल्ल साँखुमै डेरा पाए । अहिले उनको साँढे २ तल्लाको घर बनिरहेको छ । उनी हरेक दिन घर बनाएको हेरेर बस्छन् ।
घरको ढलानको फर्मा खोल्ने मान्छे नआएर उनको घरको काम रोकिएको छ । घर बनाउने मान्छेको अभाव भएका कारण काम छिटो नहुँदा उनी नयाँ घरमा सर्न ढिला हुने भएको छ । पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ केही दिन भित्र आउने थाहा पाएका उनले भने–“घर बनिसकेपछि सबै हेरेर सरकारले एकमुष्ट ३ लाख दिए हुन्थ्यो । ”
साँखुकै स्वस्तिका पुखुसीले पनि साँढे ३ तल्लाको पक्की घर बनाँउदैछिन् । साँखु बजारको पुखुलाछी टोलमा बन्दै गरेको उनको घरको एक ढलान भइसकेको छ । २ आना जग्गामा २ कोठे घर बनाँउदा १ ढलानमा मात्रै २० लाख खर्च भइसकेको उनले बताँइन् । नक्सा पास गराएर भूकम्प प्रतिरोधी घर बनाएकी उनले पहिलो किस्ताको अनुदान पर्खेर बसेको बताइन् ।
साँखु पुखुलाछीकै सत्रुघ्न श्रेष्ठको पीडा भने फरक छ । उनको परिवारमा अंशवण्डा गर्दा एक आना मात्र जग्गा हात प¥यो । त्यही एक आनामा उनले घर बनाएका छन् । एक आनामा घर बनाउन नगरपालिकाले नक्सा पास नगरिदिएपछि उनी तनावमा छन् ।
साँखुका सुन्टोल, पुखुलाछी, बज्रयोगिनीका भत्केका पूराना घरका ठाँउमा अहिले धमाधम पक्की घरहरु बनिरहेका छन् । २० महिनाअघि ध्वस्थ भएको साँखु बजार बिस्तारै उठ्दैछ ।
हेुर्नुहोस् फोटोमा :

Add caption

शम्भु दंगाल, रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget