
काठमाडौं,पुष २२ गते । प्रधानमन्त्री प्रचण्डले आज शुक्रबार स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन बुझ्ने भएका छन् ।
आयोगले पुस पहिलो साता नै प्रतिवेदन बुझाउन चाहेको थियो । तर, प्रधानमन्त्रीले समय दिएका थिएनन् । मन्त्रिपरिषदको बिहीबारको बैठकले प्रतिवेदन बुझ्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डले अपराहृन साढे ४ बजे सिंहदरवारमा प्रतिवेदन बुझ्ने भएका हुन् ।
बालानन्द पौडेल अध्यक्ष रहेको आयोगले ७४० स्थानीय तहसहितको प्रतिवेदन तयार पारेको छ ।-अनलाइनखबर
Post a Comment