Websoft University

www.radiomakalu.com || 021-522512


राज्यकोष दोहनमा ओलीलाई उछिन्दै प्रचण्ड ! (सूचीसहित)

कांग्रेस-माओवादी कार्यकर्तालाई एकै दिनमा करोड वितरण


Prachand



काठमाडौं कार्तिक २ गते । पूर्ववर्ति केपी ओली सरकारलाई माथ गर्दै प्रचण्ड नेतृत्वको सरकारले राज्यकोषबाट पहुँचवालालाई करोडौं रुपैया वितरण गरेको छ ।

ओली सरकारले पनि उपचार खर्चका नाममा पहुँचवाला र दलका कार्यकर्तालाई निकै रकम बाँडेको थियो । बालुवाटारमा भोज गर्नेदेखि उपचार खर्चमा धेरै रकम बाँडेपछि प्रधानमन्त्री ओलीको आलोचना भएको थियो ।

यो पनि पढ्नुहोस्
लौ चिन्नुस् ! सरकारबाट आर्थिक सहायता पाउने ११८ ‘विपन्न’ (सूचीसहित)

ओलीपछि प्रधानमन्त्री बनेका प्रचण्डको कार्यालयले खाजा खर्च कटाएको भनेको थियो । तर, दशैंको मुखमा एउटै क्याबिनेटबाट एक करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको भेटिएको छ ।

प्रचण्ड प्रधानमन्त्री भएलगत्तै बसेको दोस्रो मन्त्रिपरिषद बैठकले पूर्वराष्ट्रपति रामवरण यादवलाई भारतमा उपचार गर्नका लागि पेश्की स्वरुप १० लाख रुपैयाँ दिएर राज्यकोषबाट रकम वितरण शुरु गरेको थियो । यसबीचमा अमेरिका उपचारका लागि गएका यादव र उनका छोराछोरी तथा कुरुवाको सम्पूर्ण आतेजाते, बस्ने खाने र उपचार गर्न व्यहोर्ने निर्णय सरकारले गरिसकेको छ ।

पछिल्लो पटक असोज २ गतेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री बिमलेन्द्र निधीले गरेको प्रस्ताव बमोजिम ४४ जना कांग्रेस र माओवादी कार्यकर्तालाई कम्तिमा ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको दरले आर्थिक सहायता वितरण गरिएको हो । रकम पाउनेमा गृहमन्त्री निधि निकटस्थहरु बढी छन् ।

गत संविधानसभा निर्वाचनमा धनुषा क्षेत्रनम्बर ७ मा कांग्रेस उम्मेदवार बासुलाल महतोविरुद्ध बागी उठेका समिर घिमिरेलाई समेत निधीले ५ लाख रुपैयाँ उपलव्ध गराएपछि धनुषा कांग्रेसमै बिरोध भएको छ । ठूला ब्यापारिक घरानाका घिमिरेलाई आर्थिक सहायता किन चाहियो भन्ने प्रश्न पनि उठेको छ ।
हेर्नुहोस् सूची 

 - अनलाइन खबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget