Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल हङकङसँग ६ विकेटले पराजित


काठमाडौं, असोज २३ । आइसीसी महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल आयोजक हङकङसँग ६ विकेटले पराजित भएको छ ।

Image result for ladies cricket of nepal


आइतबार हङकङमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ७७ रनमात्रै बनाउन सक्यो ।

नेपालको इनिङ्समा निर्मलाकुमारी शाहीले बनाएको १८ रन नै सर्वाधिक रह्यो ।

रुबिना क्षेत्रीले १२ रन जोडिन् भने रश्मी चौलागाइँले ११ रन बनाइन् । अरु ब्याट्सउमनले दोहोरो अंक जोड्न सकेनन् ।

हङकङका मारिको हिल, बेट्टी चान र चान साउ हारले समान २/२ विकेट लिए ।

७८ रनको विजयी लक्ष्य हङकङकले २१ बल बाँकी छँदै १६.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

हङकङको जितमा नतुरल योपले सर्वाधिक ३३ रनको योगदान गरिन् भने यास्मिन दस्वामीले १३ रन बटुलिन् ।

नेपालकी निर्मलाकुमारी शाहीले २ विकेट झार्दा करुण भण्डारीले १ विकेट लिइन् ।

आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलहरु आइतबार (आज)देखि सुरु भएका हुन् ।

एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङसँगै चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ ।

समूहका प्रत्येक टोलीले एक–अर्कासँग २–२ ओटा खेल खेल्नेछन् । यो समूहबाट पहिलो हुनेले सन् २०१७ मा आयोजना हुने महिला विश्वकपको अन्तिम छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

हङकङमा सुरु भएको एसियाली समूहको छनोट प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डले विजयी सुरुआत गरेको थियो ।

आइतबार भएको खेलमा थाइल्यान्डले चीनलाई ७५ रनले हराएको हो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget