Websoft University

www.radiomakalu.com || 021-522512


इन्जिनियरिङ अध्ययन संस्थानमा सूचना प्रविधि केन्द्र स्थापित



ललितपुर, असोज ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियामा प्रविधि विकास र अुनसन्धान कार्यमा त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकले आफ्नो पहिचान मजबुत बनाइरहेको अवस्थामा यसलाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभएको छ ।

यहाँ आज आयोजित नेपाल तथा गणतन्त्र कोरिया सरकारको सहयोगमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग(कोइका)द्वारा संस्थानमा निर्मित ‘सूचना तथा सञ्चार प्रविधि केन्द्र’को उद्घाटन गर्दै उहाँले केन्द्रको स्थापनाले प्रविधिका क्षेत्रमा ठूलो सहयोग पुग्ने. विश्वास व्यक्त गर्नुभयो । प्राविधिक क्षेत्रमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि संस्थानको भूमिका अझ राम्रो हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले नेपालको शिक्षालाई प्रविधितर्फ लैजाने लक्ष्य रहेको बताउनुभयो ।
नेपालका लागि कोरियाका राजदूत चो योङ जिनले केन्द्रको स्थापनाले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । संस्थानका डिन प्रा त्रिरत्न वज्राचार्यले संस्थानको उद्देश्य नै दक्ष प्राविधिक जनशक्ति उत्पादन रहेको जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget