Websoft University

www.radiomakalu.com || 021-522512


मधेस समस्या समाधानका लागि सरकार परिवर्तनः नेता सिंह



काठमाडौँ, भदौ २० गते । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसको समस्या समाधान गर्न सरकार परिवर्तन भएको बताउनुभएको छ ।

नेपाल तरुण दल काठमाडौँ जिल्लाको चौंथो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता सिंहले १७ महिनाभित्र स्थानीय, प्रान्तीय र केन्द्रीय तह निकायको निर्वाचन गर्न निकै जटिल रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तीनवटा निकायको निर्वाचन गर्न दलहरुबीच चाँडोभन्दा चाँडो राजनीतिक सहमति हुन आवश्यक छ ।”

तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष एवम् रक्षामन्त्री बालकृष्ण खाँडले काँग्रेस पार्टीको विचारलाई आम युवामाझ लैजान तरुण दलको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रजातन्त्र विरोधी शक्ति सल्बलाइरहेको यो समयमा तरुण दलको देशप्रति ठूलो जिम्मेवारी छ ।”


तरुण दलका अध्यक्ष एवम् सांसद उदयशम्शेर राणाले तरुण दललाई विपक्षी सङ्गठनले सम्मान गर्ने सङ्गठनका रुपमा स्थापित गर्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले तराईका केही जिल्लाको अधिवेशन नभएका कारण केही दिनका लागि अधिवेशनको समय सरेपनि तोकिएकै समयमा अधिवेशन हुने स्पष्ट पार्नुभयो ।

नेका काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले सबै तरुणको भावनालाई समेट्ने नेतृत्व आवश्यक रहेको बताउँदै एउटा भ्रातृ संस्थाको व्यक्ति अर्को संस्थामा निर्वाचन लड्न नपाउने व्यवस्था हुनुपर्ने सुझाव दिनुभयो ।

तरुण दल काठमाडौँका अध्यक्ष गोकर्ण केसी, सांसद भीमसेनदास प्रधान, ध्यानगोविन्द रञ्जित, दीपक कुँइकेल, राज्यलक्ष्मी श्रेष्ठ, काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापति मुकुन्द रिजाल, तरुण नेत्री जीवन डङ्गोल, लक्ष्मी खतिवडा, नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यलगायतले पार्टीका भ्रातृ संस्थाको पदाधिकारीमा काठमाडौँको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget