Websoft University

www.radiomakalu.com || 021-522512


प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको उत्कृष्ट प्रदर्शन जारी


Manchester-City
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले लिगमा लगातार पाचौं जित हासिल गर्ने क्रममा एफसी बर्नमाउथलाई चार शून्य गोलले पराजित गरेको छ ।

घरेलु मैदान एत्तेहाद रंगशालामा निक्कै प्रभावशाली देखिएको सिटीले बर्नमाउथमाथि हावी हुँदै उत्कृष्ट प्रदर्शन गर्न सफल भयो ।

१५औं मिनेटमै केभिन डि ब्रुयनको गोलमार्फत अग्रता बनाएको सिटीका लागि २५औं मिनेटमा केलेची इहेनाचोले दोस्रो गोल गरे ।

४८औं मिनेटमा रहिम स्टर्लिङले र ६६औं मिनेटमा गुन्डोगानले गोल गरे । गुन्डोगानले पि्रमियर लिगको डेब्यु खेलमै गोल गरेका हुन् । सन् २०१२ मा जाभी ग्यारिकाले पनि सिटीबाट डेब्यु खेलमै गोल गरेका थिए ।

खेलको ८६औं मिनेटमा नोलिटो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा समेटिएको थियो । अर्का सुपरस्टार सर्जियो एग्युरो पनि तीन खेलको प्रतिबन्धमा रहेका कारण सिटीका लागि अर्को साता स्वान्सीबिरुद्धको खेलमा केहि अप्ठेरो पर्न सक्नेछ ।

यद्यपी डि ब्रुयेन, स्टर्लिङ र इहेनाचोको उत्कृष्ट प्रदर्शनका कारण सिटी प्रशिक्षक ग्वार्डिओला निराश बन्नुपर्ने स्थिति भने छैन ।

पि्रमियर लिगको पाँच खेलमा शतप्रतिशत जित निकालेको सिटीले १५ अंकसहित शीर्ष स्थानमा छ । नयाँ सिजन सुरु भएपछि सिटीले सबै प्रतियोगिता गरेर आठै खेलमा जित हासिल गरेको छ । सुरुवाती नौ खेलसम्मको जितको कीर्तिमान सन् २००५/६ को सिजनमा चेल्सीले बनाएको थियो ।

पि्रमियर लिगको दोस्रो स्थानमा रहेको एभर्टनले पनि मिडिलब्रोग्सलाई ३-१ गोलले हराएको छ । एभर्टनका लागि ग्यारेथ बेरी, कोलम्यान र रोमेलु लुकाकुले १/१ गोल गरेका थिए । यसअघि एभर्टनका स्टेकेलेन्बर्गले आत्मघाती गोल गरेपछि खेलमा मिडिलब्रोग्सले अप्रत्यासित अग्रता लिएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget