Websoft University

www.radiomakalu.com || 021-522512


राजदूत फिर्ताको निर्णयसँगै राप्रपा नेपालले बोलायो बैठक

kamal thapa

काठमाडौं,साउन २१ गते । पूर्ववर्ती सरकारको राजदूत नियुक्तिको निर्णय प्रचण्ड सरकारले उल्ट्याएपछि राप्रपा नेपालले यसबारे आधिकारीक धारणा तय गर्न अहिले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सुनवाई भइसकेका राजदूतबाहेकलाई रद्द गर्ने निर्णय गरेको हो ।

राप्रपा नेपालबाट तीन जना राजदूतका लागि सिफारिसमा परेका थिए । राप्रपा नेपालबाट निरन्जन थापा रसिया, भरतबहादुर रायमाझी यूएई र खगेन्द्र बस्नेत बंगलादेशका लागि सिफारिसमा परेका थिए ।

‘सरकारको निर्णय आपत्तिजनक छ, बैठक बोलाइएको छ । थप धारणा बैठकबाट बाहिर ल्याउँछौं,’ प्रवक्ता राजाराम श्रेष्ठले भने ।

त्यस्त्ै दिनाथन गिरीले यसबारे नै छलफल गर्न बैठक चलिरहेको रातोपाटीलाई बताए।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget