Websoft University

www.radiomakalu.com || 021-522512


एमालेले पौडेल र पोखरेललाई लेखा समितिमा पठायो

एमालेले पौडेल र पोखरेललाई लेखा समितिमा पठायो

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेले व्यवस्थापिका संसद्मा शक्तिशाली मानिने सार्वजनिक लेखा समितिको सभापति आफ्नो पार्टीले पाउने भएसँगै केही प्रभावशाली सांसद्हरुको संसदीय समिति हेरफेर गरेको छ । एमालेले विष्णु पौडेल र आनन्दराज पोखरेललाई लेखा समितिमा पठाएको छ । अघिल्लो सरकारमा मन्त्री हुनु पहिले पौडेल वातावरण संरक्षण समिति तथा पोखरेल जलस्रोत तथा कृषि समितिको सदस्य थिए । एमालेले यसअघि अर्थ समितिमा रहेकी सांसद् मञ्जुकुमारी चौधरीलाई पनि लेखा समितिमा नै पठाएको छ । एमालेले आइतबार ११ जना सांसद्को संसदीय समिति हेरफेर गराएकामा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलले भने सरकारमा सहभागी हुनु पहिले जस्तै अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति रोजेका छन् । संसद्को आइतबार बसेको बैठकले १९ जना सांसद्हरुको संसदीय समिति हेरफेर सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget