काठमाडौं,भदौ १२ गते । अमेरिकामा काला जातिमाथि भइरहेको कथित अन्यायको विरोध गर्न एक फुटबल खेलाडीले अनौठो तरिका अपनाएका छन् ।
अमेरिकी नेशनल फुटबल लिगमा एक खेलाडीले राष्ट्रगान बज्दा नउठेर विरोध गरेका हुन्, जसको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।
फुटबलर कोलिन केपरनिक सान फ्रान्सिस्को ४९ टिममा अवद्ध छन् र राष्ट्रगान बज्दा उनी आफ्नो कुर्सीमा बसिरहे । उनले भनेका छन्, देशमा काला मानिसहरुमाथि जस्तो व्यवहार भइरहेकेा छ, मलाई लाग्दैन कि यस्तो देश र झण्डाको सम्मानमा उभिनुपर्छ ।’
राष्ट्रगान बज्दा राष्ट्रिय झण्डाको सम्मानमा नउभिएका कारण उनको सामाजिक सञ्जालमा समेत निकै आलोचना भएको छ ।
यद्यपि केहीले भने कोलिनले सही आवाज उठाएको भन्दै समर्थन पनि गरेका छन् । टिमले भनेको छ, कि राष्ट्रगान वा झण्डाको सम्मान गर्ने हरेक नागरिकको अधिकार छ । र, उसे आफैं तय गर्छ कि त्यसमा भाग लिने कि नलिने ?-अनलाइनखबरबाट
Post a Comment