Websoft University

www.radiomakalu.com || 021-522512


संसद बैठक सुरु, यस्तो छ प्रधानमन्त्री चुन्ने कार्यसूचि



काठमाडौं,साउन १९। व्यवस्थापिका संसद बैठक सुरु भएको छ । बिहान ११ बजेको लागि बैठक बोलाइएको भएपनि कांग्रेस माओवादी र मधेसी मोर्चाबीच सरकारमा सहभागि हुने नहुनेबारे सहमति छुटाउने क्रममा बैठक लम्बिन पुगेपछि संसद एक घण्टा ४५ मिनेट ढिला सुरु भएको हो ।

संसद सचिवालय स्रोतका अनुसार पाँचबजेसम्ममा प्रधानमन्त्री चयन प्रक्रिया सकिने छ ।

यस्तो छ कार्यसूचि
संसद बैठक शुरु भएपछि प्रचण्डले नेपालको संविधानको धारा २९८ को उपधारा ३ एवं व्यवस्थापिका संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम ४ बमोजिम नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्दैछन् ।
त्यसपछि उक्त उम्मेदवारीको प्रस्तावक शेर बहादुर देउवा र समर्थक कृष्ण बहादुर महरा समेत १६ जनाले समर्थन प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।
प्रस्तावक र समर्थकले धारणा राखेपछि उक्त उम्मेदवारीको सूचनालाई सभामुख ओनसरी घर्तिले निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको संसदका महासचिव मनोहरप्रसाद भट्टराईले बताए ।-सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget