Websoft University

www.radiomakalu.com || 021-522512


सर्वोच्च अदालतका अनुमोदित ११ न्यायाधीशको सपथ ग्रहण अाज



सर्वोच्च अदालतका लागि अनुमोदित ११ न्यायाधीशहरुले सपथ ग्रहण गर्दैछन्।

संसदीय सुनुवाइ विशेष समितिले नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेको सिफारिस अनुसार नियुक्ति भएलगत्तै नवनियुक्त न्यायाधीशहरुलाई सपथ ग्रहण गराइनेछ।

नवनियुक्त ११ न्यायाधीशलाई सोमबार बिहान १० बजे शीतलनिवासमा एक कार्यक्रमकाबीच राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीले सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।

न्याय परिषदले सर्वोच्च अदालतमा रिक्त पदका लागि ११ न्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ विशेष समिति समक्ष प्रस्ताव गरेको थियो।

न्याय परिषदको प्रस्ताव अनुसार संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशरुको सुनुवाइ गरिएको थियो। सुनुवाइ सकिएसँगै समितिले न्यायाधीश नियुक्तिका लागि राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको हो।

११ न्यायाधीशको नियुक्तिसँगै सर्वोच्चमा प्रधानन्यायाधीशसँगै स्थायी न्यायाधीशको संख्या २० पुगेको छ। यस्तै पहिलो पटक सर्वोच्चमा महिला न्यायाधीशको संख्या तीन पुगेको छ।

सर्वोच्च अदालतको न्यायाधीशका लागि पुनरावेदन अदालतका मुख्य न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको छ। यसैगरी वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्लको नाम पनि समितिले अनुमोदन गरेको छ।

न्यायपरिषद्बाट २०७२ साल फागुन १८ गतेको निर्णयानुसार उनीहरूलाई अदालतका न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएकामा संसदीय सुनुवाइ विशेष समिति गठनमा भएको ढिलाइ र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावका कारण सुनुवाइ पछि सरेको थियो । समितिले गत बुधबार र बिहीबार उनीहरुको सुनुवाइ गरेको हो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget