Websoft University

www.radiomakalu.com || 021-522512


पशुपतिमा भक्तजनको भीड



काठमाडौँ, साउन १७ गते । बोलबम कावारिया सङ्घको आयोजनामा आइतबार राति १२ बजेदेखि हजारौँ बोलबम यात्रीले सुन्दरीजलस्थित बागमती नदीबाट शुद्ध जल ल्याई पशुपतिमा चढाइरहेका छन् ।

साउनको सोमबार शुद्ध जल शिवालयमा अर्पण गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो विश्वासमा आइतबार दिउँसोदेखिनै श्रद्धालु भक्तजन सुन्दरीजलस्थित उर्खेनी माविमा आई बसेका थिए । शुद्धजल लिन सुन्दरीजल आएका भक्तजनलाई सङ्घले आइतबार बेलुकी निःशुल्क प्रसाद वितरण गरेको अध्यक्ष रामज्ञा रोनियारले राससलाई जानकारी दिनुभयो ।

आइतबार राति आयोजित कार्यक्रममा सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापालगायतका नेताले बोलबम यात्राले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको बताउनुभयो ।

बीस वर्षअघि तराईवासीले सुरु गरेको सुन्दरीजल पशुपति बोलबम यात्रामा अहिले पहाडी समुदायका मानिसको पनि उल्लेखनीय सहभागिता छ । “बिहान १ बजे नै शुद्ध जल लिएर पशुपति आइपुगेका भक्तजनले २ बजेदेखि जल अर्पण गर्ने व्यवस्था गरिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले बताउनुभयो ।”

“बिहानदेखि तीन लाइनबाट पशुपतिभित्र प्रवेश गरी पूजा, दर्शन र जल अर्पण गर्ने व्यवस्था गरिएको छ ।” उहाँले भन्नुभयो पशुपतिलाई १२ ज्योति लिङ्गको पनि शिरोभाग मानिने भएकाले साउन महिनामा भारतीय भक्तजनसमेत सुन्दरीजल पशुपति बोलबम यात्रामा आउने गर्छन् ।

साउनको तेस्रो सोमबार आज बिहानदेखि पशुपतिमा वर्तालु महिलाको पनि भीड लागेको कोषले जनाएको छ ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget