Websoft University

www.radiomakalu.com || 021-522512


मङ्सिरसम्म ६५२ विद्यालय पुनःनिर्माण हुने



काठमाडौँ,साउन ५ गते । भूकम्पप्रभावित जिल्लामा आगामी मङ्सिरसम्ममा ६५२ वटा विद्यालयको पुनःनिर्माण हुने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार शिक्षा विभागबाट ती विद्यालय निर्माणका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग समझदारी भएको छ ।




गत वर्ष २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट आठ हजार ३०८ विद्यालय क्षति भएका थिए । उक्त भूकम्पबाट मुलुकका ३१ जिल्ला प्रभावित भएका छन् । प्राधिकरणले ३३७ वटा विद्यालयको पुनःनिर्माणका लागि विभिन्न गैरसरकारी संस्थाद्वारा पेस गरिएका परियोजना प्रस्ताव पनि स्वीकृत गरेको छ ।

त्यसैगरी, शिक्षा मन्त्रालयद्वारा प्रस्ताव गरिएअनुरुप विद्यालय व्यवस्थापन समितिद्वारा विद्यालय पुनःनिर्माणका लागि अर्थ मन्त्रालयबाट रु पाँच अर्बसमेत निकासा भएको प्राधिकरणले जनाएको छ ।

एसियाली विकास बैंकको सहयोगमा काभ्रे जिल्लामा तीनवटा विद्यालय भवन निर्माणका लागि टेन्डर मूल्याङ्कन प्रक्रिया सकिएको छ भने विभिन्न जिल्लाका २९ वटा विद्यालय निर्माणका लागि टेन्डर प्रक्रियामा रहेका छन् ।

जाइकाको सहयोगमा ललितपुरमा पाँचवटा विद्यालय भवन निर्माण सुरु हुनुका साथै विभिन्न जिल्लामा २७ वटा विद्यालय निर्माणका लागि टेन्डर भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget