Websoft University

www.radiomakalu.com || 021-522512


बन्दबाट जनजीवन प्रभावित,दुई कार्यकर्ता पक्राउ

sunsun-pkr

पोखरा, साउन १० गते । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण आज कास्कीको जनजीवन प्रभावित भएको छ । सुकुम्वासीमाथि ज्यादती भइरहेको भन्दै त्यसको विरोधमा सो पार्टीले गरेको बन्दका कारण बिहानैदेखि पोखरामा सार्वजनिक यातायात सेवा सञ्चालन हुन सकेको छैन भने शिक्षण संस्थाको पठनपाठन पनि ठप्प भएको छ ।

बन्दका कारण जरुरी काम भएर विभिन्न ठाउँ पुग्नुपर्ने यात्रु हिँड्न बाध्य छन् भने बजार क्षेत्र सुनसान बनेको छ ।

बन्दकर्ता दुई जना कार्यकर्ता प्रकाश वास्तोला र अशोक भण्डारीलाई पोखराको नागढुङ्गाबाट प्रहरीले पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget