Websoft University

www.radiomakalu.com || 021-522512


खाना पकाउँदै गरेकी १४ वर्षीया किशोरीमाथि बलात्कार प्रयास

खाना पकाउँदै गरेकी १४ वर्षीया किशोरीमाथि बलात्कार प्रयास

भीमदत्तनगर, साउन २ गते ।१४ वर्षीया किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा कञ्चनपुरको बेलारी नगरपालिकाका एक व्यक्ति पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका– ४ खिरिया बस्ने ४२ वर्षीय दीपक ठकुल्लाले भान्सामा खाना पकाइरहेकी किशोरीलाई जबर्जस्तीको प्रयास गरेपछि प्रहरी खोरमा पुगेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार घरमा कोही नभएको बेला खाना पकाइरहेकी ती किशोरीलाई ठकुल्लाले जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए । शनिबार घटनाबारे बालिकाले घरका अन्य सदस्यलाई जानकारी गराएपछि आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा ठकुल्लालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक भरत चौधरीले जानकारी दिए ।- रातोपाटीबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget