Websoft University

www.radiomakalu.com || 021-522512


बाढीले पाइप बगाउँदा खानेपानीको हाहाकार

badi_rauthat

मोरङ,साउन १३ गते । अविरल वर्षाका कारण स्थानीय तेली खोलामा आएको बाढीले मोरङको जाँतेमा खानेपानीको पाइप बगाएको छ ।

बाढीले २०३९ सालदेखि सञ्चालनमा आएको खानेपानी योजनाको पाइप नै बगाएपछि जाँतेका एक हजार २०० घरपरिवार खानेपानीको सुविधाबाट वञ्चित भएका छन् ।

गत साउन १० गतेको बाढी र पहिरोले खानेपानीको पाइप बगाएपछि जाँतेका वडा नं १, २, ८ र ९ का एक हजार २०० घरपरिवार खानेपानीको सेवाबाट वञ्चित भएको जाँते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डिल्ली विश्वकर्माले जानकारी दिनुभयो ।

तेली खोलाको मुहानबाट स्थानीयवासीलाई वितरण गर्न ल्याइएको खानेपानीको पाइप नै बगाएपछि जाँतेमा खानेपानीको हाहाकार भएको छ । खोलाको मुहानबाट चारवटा पाइपमार्फत स्थानीयवासीलाई खानेपानी वितरण गरिएको थियो ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget