Websoft University

www.radiomakalu.com || 021-522512


एक दर्जन सहकारीको दर्ता खारेज

 

पथरी (मोरङ), साउन ३ गते  । सहकारी डिभिजन कार्यालय मोरङले एक दर्जन निस्क्रिय सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख गोपीप्रसाद घिमिरेका अनुसार आव २०७२÷०७३ को अन्त्यमा १२ वटा सहकारीको दर्ता खारेज गरिएको हो । सहकारी सञ्चालन गर्ने स्वीकृति लिएर कारोबार नगरेका र समयमा साधारणसभा गरी सहकारी कार्यालयमा प्रतिवेदन नबुझाएका सहकारी खारेजमा परेका हुन

खारेज हुनेमा ग्रामीण भेगका सहकारी बढी छन् । अघिल्लो वर्ष ३१ वटा सहकारीको दर्ता खारेज भएको थियो । मोरङमा एक हजार ७३ वटा सहकारी सञ्चालनमा रहेको सहकारी डिभिजन कार्यालय मोरङले जनाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget