Websoft University

www.radiomakalu.com || 021-522512


बाढीपीडितलाई निःशुल्क भोजन , जलमग्न हसन्दह गाउँ



मोरङको हसन्दहमा बक्राहा खोला बाँध फुटेर जलमग्न बनेको मोरङको हसन्दह गाउँ । खोला गाउँमा पसेपछी २ सय ५० बढी परिवार बिस्थापित भएका छन् ।




         पथरी (मोरङ), साउन ११ गते । मोरङको हसन्दह, अमरदह, सुगाबजार, खड्का टोलका २०० बासिन्दालाई स्थानीय समाजसेवीले निःशुल्क सामूहिक भोजनको व्यवस्था गरेका छन् ।

स्थानीय पत्रकार वीरेन्द्र साहका अनुसार मोरङका युवाको टोलीले बाढीले डुबानमा परेका २०० बालबालिका र वृद्धवृद्धालाई उद्धार गरी दैनिक बिहानबेलुका सामूहिक भोजनको व्यवस्था सोमबार बेलुकाबाट सुरु गरिएको हो ।

समाजसेवी प्रताप तामाङ तथा विशाल खड्कालगायतको टोलीले रु दुई लाखको लागतमा बाढीपीडितलाई सामूहिक भोजन सुरु गरेको हो । बाढीले घर डुबानमा परेपछि बिचल्ली भएका वृद्धवृद्धा र बालबालिकालाई एक हप्तासम्म निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको छ ।

सो युवाको समूहले खाद्यान्न, लत्ताकपडा, निःशुल्क ज्वरो, रुघाखोकी तथा टाउको दुखेको औषधि समेत वितरण गरेको पत्रकार साहले जानकारी दिनुभयो ।

अहिलेसम्म दैवीप्रकोप उद्धार समिति मोरङले कुनै पनि प्रकारको राहतको व्यवस्था नगरेको भन्दै बाढीपीडितले गुनासो गरेका छन् । स्थानीय विशाल कार्कीले भन्नुभयो, “खै हाम्रो सरकार कहाँ छ ? अहिलेसम्म सरकार भएको महसुस भएको छैन ।” रासस 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget