Websoft University

www.radiomakalu.com || 021-522512


मन्त्रीसहितको सरकारी अनुगमन टोलीमाथि तरकारी व्यापारीको आक्रमण

बल्खु तरकारी बजारमा पुगेको आपूर्ति मन्त्री गणेशमान पुन सहितको सरकारी अनुगमन टोलीमाथि तरकारी व्यापारीहरुले आक्रमण गरेका छन्। व्यापारीहरुले प्रयोग गरेको ढक तराजू दर्ता भए नभएको अध्ययन गर्न गएको टोलीमाथि व्यापारीहरुले इट्टा, लौका तथा मुलाले आक्रमण गरेका हुन्।

आपूर्ति व्यवस्था विभाग, नापतौल तथा गुणस्तर विभाग, सुरक्षा निकाय तथा पत्रकारसहितको टोली कालिमाटी तरकारी बजारको अनुगमन गरेपछि बल्खु तरकारी बजारमा पुगेको थियो। अकस्मात आएर अनावश्यक रुपमा दुःख दिएको भन्दै व्यापारीहरुले टोलीमाथि आक्रमण गरेका हुन्। तरकारी बजारमा प्रयोग भएका सबैजसो ढक तराजू उचित परिमाणको नभएको गुनासो आएपछि मंगलबार टोली अनुगमनमा निस्किएको थियो।

कालिमाटीमा सहज रुपमा भएको ढक तराजूको अध्ययन तथा अनुगमन बल्खुमा भने व्यापारीको आक्रमणपछि हुन सकेन। आक्रमणपछि अहिले दुवै पक्षबीच वार्ता भइरहेको छ। तरकारीमा उपभोक्ता ठगिएको, बजारमा विषाक्त तरकारी आएको गुनासो बढेपछि आपूर्ति मन्त्री गणेशमान पुन सहितको टोलीले आज तरकारी बजार अनुगमन गरिरहेको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget