Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ शक्तिमा ‘नयाँ माक्र्सवाद’ को बहस !

माक्र्सवाद जडसूत्रवाद होइन, सिर्जनशील विज्ञान हो । स्थानविशेष, समयसापेक्ष रूपमा यो सिद्धान्त लागू हुने गर्छ । माक्र्सवादी विज्ञानको रक्षा, प्रयोग र विकासको विभिन्न रूपमा नयाँ शक्तिले त्यो सिद्धान्तलाई प्रयोग गरिरहेको छ । मानिसले मानिसमाथि गरिने सबै प्रकारका दमन, शोषण, उत्पीडन र विभेदबाट उन्मुक्ति पाउने मुक्तिको सिद्धान्त नै माक्र्सवादी सिद्धान्त हो । नेपाली समाजमा देखापरेका विद्यमान दमन, शोषण, उत्पीडन र विभेद अन्त्यको उद्घोष गर्दै अगाडि बढिरहेको छ– नयाँ शक्ति । नयाँ शक्ति नेपाललाई विभिन्न कोणबाट व्याख्या, विश्लेषण र आलोचना गर्ने यसका निम्ति स्वतन्त्र छन् । तर, नयाँ शक्ति नेपाल राष्ट्र र जनताका लागि आफ्नो जिम्मेवारीबोधप्रति निष्ठावान् छ ।आफ्नो लक्षित गन्तव्य चुम्न माक्र्सवादको नयाँ व्याख्या र परिभाषासहित अगाडि आएको छ ।
रूप पक्षलाई लिएर जे–जस्तो टीका–टिप्पणी हुने गरेको भए पनि नयाँ शक्ति, नेपालको वैचारिक पथप्रदर्शक सिद्धान्त भनेको माक्र्सवाद नै हो । अझ भन्नुपर्दा मालेमावादको उच्चतम् विकास र नयाँ वैज्ञानिक प्रयोग पनि हो । जसले राज्यलाई विखण्डनभन्दा मजबुत बनाउने ज्ञान चेतना प्रदान गर्छ । नयाँ शक्ति, नेपाल ठीक त्यही दिशा र दृष्टिकोणबाट अगाडि बढिरहेको छ । यसले मुठ्ठीभरका विजातीय शासकवर्गको निजी स्वार्थमा पहिरो ल्याउने कुरा निश्चित छ ।
अब पुराना राजनीतिक शक्तिको जग भत्केर नयाँ शक्तिको आधार बन्नेछ । आफ्नो जीवनकालमा हुन सक्ने सकारात्मक परिवर्तनको सपना नयाँ शक्तिले पूरा गर्नेछ । यसकानिम्ति प्राप्त उपलब्धिको जगमा टेकेर बाँकी कार्य पूरा गर्न समावेशी समानुपातिक र सहभागितामूलक लोकतन्त्रको वैज्ञानिक प्रयोग/अभ्यास र आर्थिक समृद्धिसहितको नयाँ नेपालको नयाँ परिकल्पना पूरा गर्नेछ । यो समकालीन नेपाली राजनीतिमा वैकल्पिक राजनीतिक धार हो । सही विचार र दृष्टिकोणकै कारण अहिले विश्वभरि छरिएर रहेका नेपालीमा नयाँ शक्ति आकर्षणको केन्द्र बनेको छ ।
naya shakti dharna (8)

माक्र्सवादको गुदी कुरा भनेको दुनियाँलाई बुझ्नु र बदल्नु हो । अर्थात् नेपाली समाजमा विद्यमान समस्याको सही पहिचान गर्नु र त्यसको समाधानको सही उपाय पत्ता लगाउनु । नेपाली समाजमा विद्यमान चार अन्तरविरोध छन् ः वर्गीय, जातीय, क्षेत्रीय र लैंगिक । उत्पीडनका यी चार रूपको सही समाधान भनेको नै सहभागितामूलक लोकतन्त्र हो । अन्य कुनै पनि व्यवस्थाले नेपाली समाजको विद्यमान समस्याको सही समाधान दिन सक्दैन ।
माक्र्सवादलाई कम्युनिस्टले विकृत बनाए । उनीहरूले यो विचार दर्शनलाई पेवा ठाने । वैचारिक आदर्शभन्दा ठीक उल्टो यसको व्याख्या र प्रयोग गर्न खोजे । र, माक्र्सवादी सिद्धान्तलाई बदनाम बनाइदिए । आज माक्र्सवादको जामा पहिरिएर माक्र्सवादको नै गला रेट्ने थुप्रै पाखण्डी कम्युनिस्ट हामीले देखेका छौं । आ–आफ्नो निहित स्वार्थअनुसार माक्र्सवादलाई व्याख्या गरियो । र, नाङ्ले पसल थापेर व्यापार र व्यवसाय चलाउन थालियो । देश र जनताको नाममा खुलेआम लुट मच्चाइयो । मुठ्ठीभर मठाधीश अभिजात वर्गमा रूपान्तरित भए । उनीहरूको भनाइ र गराइमा आकाश पतालको फरक देखियो । त्यसैले अहिले कम्युनिस्टप्रति वितृष्णा र विकर्षण तीव्र रूपले बढ्दो छ ।
उल्लिखित पृष्ठभूमिकै बीचबाट नयाँ शक्ति नेपाल जन्मिएको छ । नयाँ शक्ति एनजीओकरण र विचारविहीन राजनीतिक अभियान नभएर माक्र्सवादको नयाँ वैज्ञानिक प्रयोग र विकास हो । जसले उत्पीडनमा परेका र पर्दै आएका वास्तविक उत्पीडितवर्ग, जाति, क्षेत्र, लिंग र समुदायको राज्यसत्तामा समान हक–अधिकार र पहुँचलाई ग्यारेन्टी गरेको छ । यसबाट नक्कली माक्र्सवादी र गैरमाक्र्सवादी अत्तालिएका छन् । र, नयाँ शक्ति नेपाललाई विभिन्न लाञ्छना लगाएर जनतामा भ्रम पैदा गर्ने काम गरिरहेका छन् ।
माक्र्सवादजस्तै नयाँ शक्ति सार्वभौम विचार हो । यसका अनुयायी भ्रष्ट र दलालबाहेक जोकोही पनि हुन सक्छन् । र त, नयाँ शक्ति नेपालमा माक्र्सवादी तथा गैरमाक्र्सवादीलगायत अन्य सबै क्षेत्रका प्रतिभा अटाएका छन् । त्यसैले यसको संस्थापक सदस्य बन्न जनलहर उर्लिएको छ । यो जनलहरले प्रतिक्रियावादीको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ । उनीहरूको आँखामा निद्रा छैन । नयाँ शक्ति नेपालको युगसापेक्ष समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्र तथा आर्थिक समृद्धि विकासलगायतको परिवर्तनमूलक रूपान्तरणको राष्ट्रिय नारा÷अभियानले कालोबजारी र भ्रष्टाचारीमा चाहनेको छटपटी बढिरहेको छ । यसखाले विकृति र विसंगतीजन्य आवरणबाट नयाँ शक्ति विचलित हुने छैन । अर्कोतिर उत्पीडनमा परेका वर्ग जाति र समुदाय पनि वाहियात भ्रमको पछाडि नलाग्ने निश्चित छ ।
गाउँदेखि सहर बजार र प्रवासमा समेत यसको बहुआयामिक महत्व यतिबेला बढेर गएको छ । गलत राजनीतिक चरित्रबाट आक्रान्तदेखि सकारात्मक राजनीतिज्ञ तथा बौद्धिक वर्ग, युवा यो अभियानलाई कोसेढुंगा साबित गर्न लालायित छन् । नयाँ शक्तिवरिपरि उनीहरूले आफ्नो ध्रुवीकरण बढाएका छन् । नेपाली समाजको काँचुली फेर्न स्पष्ट खाकासहित नयाँ शक्ति अगाडि आएको छ । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँडजस्तै बनेको छ– नयाँ शक्ति । भनाइ र गराइबीचको तादात्म्यता नै नयाँ शक्तिको विशेषता हो । जे हो त्यही नै हो माक्र्सवाद । माक्र्सवादले हामीलाई यही नै सिकाउँछ । नयाँ शक्ति माक्र्सवादको सच्चा र जीवन्त अनुयायी हो । सबैलाई चेतना भया ।
(लेखक, राजेश विद्रोही  नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद् सदस्य हुन् ।)

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget