Websoft University

www.radiomakalu.com || 021-522512


अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अमेरिका , असार ८ गते।  अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका कपको फाइनलमा पुग्न सफल भएको छ ।


लियोनेल मेसीको उत्कृष्ट प्रदर्शनमा घेरेलु टोलीलाई ४ शून्यले पाखा लगाउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

अर्जेन्टिनालाई जिताउने क्रममा खेलको तेसा्रे मिनेटमा लियोनेल मेस्सीले दिएको पासलाई सदुपयोग गर्दै लाभेज्जीले हेड मार्फत पहिलो गोल गरे । 

३६ औँ मिनेटमा पाएको प्रिकिकलाई २५ यार्ड टाढाबाट  मेसीले प्रहार गरी सुन्दर गोल गरे । यो गोलसँगै मेसी अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पहिलो नम्बरमा पुगेका छन् । 

यस अघि गा्राभियल पाटिसिपाले अर्जेन्टिनाका लागि सर्वाधिक ५४ गोलको रेकर्ड बनाएका थिए । 

पहिलो फाफ दुई सुन्यमा टुंग्याएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गर्यो । दोस्रो हाफमा गोन्जालो हिग्वाइन चम्किए । उनले खेलको ५० औँ मिनेटमा गोल गर्दै  अर्जेन्टिनालाई ३-० को अग्रता दिलाए । 

अर्जेन्टिना यत्तिमै सीमित भएन उसका लागि खेलको ८६ औँ मिनेटमा मेसीले मिलाइदिएको पासमा हिग्वाइनले नै गोल गर्दै अर्जेन्टिनाको ४-० को जित पक्का गरे । 

सन् १९९३ देखि ठूलो उपाधि चुम्न नसकेको अर्जेन्टिनाको भेट अब फाइनलमा चिली र कोलम्बियाबीच बिहिबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग हुने छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget