Websoft University

www.radiomakalu.com || 021-522512


च्याउ देखि साबधान ,१० को गयो ज्यान

पाँचथर , जेष्ठ २१ गते । पाँचथरमा जंगली च्याउ खाएर बिहिबार थप १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथर आङना गाविस १ बस्ने बर्ष ३६ को बिरेन्द्र माङलाक रहेका छन्। 




उनी जंलगी च्याउ खाएर यही जेठ १० गते बिरामी भएका थिए। उनलाई उपचारकालागी धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा धरानमा आईसियुको अभावका कारण उपचार हुन नसकेपछी दमकको आम्दा हस्पिटल लैजानेक्रममा बिहिबार सांझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। 

जंगली च्याउ खाएर पाँचथर जिल्लामा हालसम्म दश जनाको मृत्यु भईसकेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले जंगलमा भेटिएका कुनै पनि च्याउ नखान सर्वसाधारणलाई सचेत गराएको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget