Websoft University

www.radiomakalu.com || 021-522512


कुखुराले पार्‍यो विश्वकै सानो अण्डा


गिनिज बुकमा लेखाउने प्रयास

अर्घाखाँची , जेष्ठ २४ गत्ते ।  अर्घाखाँचीको सन्धिखर्कमा कुखुराले सन्सारकै सबैभन्दा सानो अण्डा पारेको छ । सानो अण्डा पारेपछि गिनिज बुकमा लेखाउने प्रयास थालिएको छ । 
सन्धिखर्कका कृषक हरिप्रसाद अधिकारीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख गरेको भन्दा सानो अण्डा आफ्नो कुखुराले पारेको दावी गरेका छन् । हरिले गिनिज बुकमा रेकर्ड राख्ने प्रक्रिया सुरु गरेका छन् ।
गिनिज बुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म अण्डाको नाप २.१ सेन्टीमिटर रहेको छ । सन्धिखर्कस्थित शान्तिबगैँचाका हरिले आफनो कुखुराले उक्त नाप भन्दा सानो अण्डा पारेको बताए । 
उनीसँग रहेको अण्डाको सामान्य नाप १.८५ सेन्टिमिटर मात्र रहेको छ । हरिले जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीमार्फत गिनिज वुकमा रेकर्डका लागि पहल थालेका हुन् ।
जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीले लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहर भवनलाई प्रमाणीकरण र गिनिज बुक अफ वल्र्ड रेकड्र्समा दर्ताका लागि पहल गर्न पत्र पठाइसकिएको जिल्ला पशु सेवा कार्यलयका प्रमुख डा. राम नारायण मण्डलले बताए ।  हरिको दाबीमाथि प्रमाणीकरण कार्य आरम्भ भइसकेको छ ।
विश्वमा अहिलेसम्म कुखुराको सबैभन्दा सानो अण्डा भर्जिनियाका कृषक जोन स्पेन्सर रुसेलको नाममा छ । अगष्ट ९, सन् २०११ मा मापन गरिएको उक्त अण्डाको नाप ०.८२६८ ईन्च अर्थात २.१ सेन्टीमिटर रहेको छ । - प्रेम आचार्य , अन्नपूर्ण पोस्टबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget