Websoft University

www.radiomakalu.com || 021-522512


डिफेन्डिङ च्याम्पियन स्पेन क्रोएसियासँग पराजित

पेरिस, असार ८ गते। युरो कप २०१६ अन्तर्गत गए राति सम्पन्न खेलहरुमा डिफेन्डिङ च्याम्पियन स्पेन क्रोएसियासँग पराजित हुदाँ युक्रेन, जर्मनी र टर्की विजयी भएका छन् ।



गए राति स्टाडे भेलोड्रम समुह सि अन्तर्गतको खेलमा सम्पन्न पहिलो खेलमा युक्रेनले पोल्याण्डलाई १–० गोलले पराजित गरेको हो। उसको जितमा खेलको ५५ औँ मिनेटमा बलल्ससिजि कोस्कीले गोल गरेका थिए।

हिजो सम्पन्न दास्रो खेलमा जर्मनीले नर्थन आयरल्याण्डलाई पराजित गरेको छ । खेलको २९ औं मिनेटमा मारियो गोमेजले गोल गर्दै जर्मनीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल जर्मनीले १–० ले जित्दै समुह सि को विजेताका रुपमा नकआउट चरणमा स्थान पक्का गर्यो । उसको तीन खेलबाट ७ अंक भएको छ भने पोल्याण्ड ४ अक सहित समुह उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको हो ।हारका बाबजु नर्दथ आयरल्याण्ड ३ अकं सहित समुहको तेस्रो स्थानमा रहदै उत्कृष्ट तेस्रो टोलि बन्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ।

हिजै सम्पन्न समुह डि का खेलहरुमा स्पेन क्रोएसियासँग पराजित हुदाँ टर्कीले भने चेक गणतन्त्रलाई पराजित गरेको छ ।
हिजो सम्पन्न खेलको ७ औं मिनेटमा नै स्पेनका मोराटाले गोल गर्दै टोलिलाई १–० गोलको अग्रता दिलाएका थिए । तर खेलको ४५ औं मिनेटमा क्रोएसियाका काल्निकले गोल गर्दै पहिलो हाफमा खेल १–१ को बराबरीमा ल्याएका थिए ।खेल सकिन तीन मिनेट बाकीँ रहदाँ प्रिसेकले गोल गर्दै त्रोएसियाको जित पक्का गरेका थिए ।

यता हिजै सम्पन्न खेलमा टर्कीले चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ । उसको जितमा खेलको १० औं मिनेटमा बुराक भिलमेज र ६५ औं मिनेटमा आृजन तुफानले समान एक एक गोल गरेका थिए ।
यस जितसँगै क्रोएसिया ७ अंक सहित समुह डि को विजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्दा स्पेन भने ६ अंकसहित उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। टर्की भने ३ अकंसहित समुहको तेस्रो स्थानमा रहदै उत्कृष्ट तेस्रो टोलि बन्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायमै राखेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget