Websoft University

www.radiomakalu.com || 021-522512


स्वयम्भूमा गठबन्धनको विरोध सभा


काठमाडौँ, जेष्ठ ९ गते । राजधानी केन्द्रित आन्दोलन सुरु गरेको संघीय गठबन्धनले शनिवार स्वयम्भूमा विरोध सभा गरेको छ ।


विरोध सभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवलगायतले सम्बोधन गरेका थिए । सीतापाइलाबाट नाराबाजी र प्रदर्शन गर्दै सुरु भएको र्‍याली स्वयम्भू चोकमा विरोध सभामा परिणत भएको थियो ।

गठबन्धनका नेताहरुले आफूहरुले प्रस्तुत २६ सुत्रिय माग सम्बोधनका लागि सरकारसँग माग गरे । दोस्रो चरणको कार्यक्रम अन्तर्गत राजधानीको प्रमुख ७ स्थानमा सभा गर्न बाँकी छ । गठबन्धनले आइतबार चावहिल चोकमा विरोध सभा गर्ने कार्यक्रम रहेको छ ।

गठबन्धनले यसअघि सिंहरदरबार र बालुवाटार घेराउको पहिलो चरणको कार्यक्रम गरिसकेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget