Websoft University

www.radiomakalu.com || 021-522512


जनताका अधिकारमाथि दमन भए युद्ध लड्छौँ: विप्लव

काठमाडौँ, जेष्ठ ९ गते । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले जनताका अधिकारमाथि राज्यले दमन गरे प्रतिरोध युद्ध लड्ने चेतावनी दिएका छन् । 



माओवादी जनयुद्धका बेपत्ता योद्धाको सम्झनामा शुक्रबार खुला मञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै विप्लवले भने, ‘राज्यले जनताको अधिकारमाथि दमन गरे प्रतिरोध युद्ध लड्न तयार छौँ ।’

विप्लवले राज्यका प्रमुख सुरक्षा निकाय सेना र प्रहरीलाई समेत दलालको पक्षमा नलागी जनताको शक्ति चिनेर सहयोग गर्न आग्रह गरे ।

विप्लवले जनगणतन्त्र स्थापनाका लागि राज्यसत्ता विरुद्ध अघि बढ्न सबै कार्यकर्तालाई खुला मञ्चबाटै आह्वान गरे । ‘दलालहरुको राज्यसत्ता विरुद्ध एकजुट हुन सबैलाई यही खुला मञ्चबाट आग्रह गर्दछु, ’ विप्लवले भने ।

आक्रमक भाषण गरेका विप्लवले माओवादीई कसैलदे मास्ने सपना देखेको भए त्यो सपना सपनामै मात्र सीमित हुने उल्लेख गरे ।

१० वर्षे जनयुद्धमा माओवादीले उठाएका मुद्धाको सम्बोधन नभएको भन्दै उनले राज्यको चरित्र दलाल र सामन्ती भएको आरोप लगाए ।

देशभरका विभिन्न जिल्लाबाट कार्यकर्ता भेला गरेर खुला मञ्चमा सभा गरेका विप्लवले प्रचण्ड र बाबुरामले पार्टी छोड्दैमा माओवादी नसकिने उल्लेख गरे ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget