Websoft University

www.radiomakalu.com || 021-522512


राजनीतिले नयाँ मोड लिँदै, देउवाले बोलाए मधेस केन्द्रित दलको बैठक



काठमाडौं , वैशाख २२ गते  ।  नेपाली कांग्रेसका सभापति एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले व्यवस्थापिका–संसदमा रहेका मधेशवादी दलका शीर्षस्र्थ नेताहरुसँगको बैठक बोलाएका छन् । आज दिउँसो २ बजे व्यवस्थापिका ससद भवन, नयाँ वानेश्वरमा बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले जानकारी दिए । बैठकमा नयाँ सरकार गठनको बारे छलफल हुने बताइएको छ । आजै बसेको एमाओवादी स्थायी समिति बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने निर्णय गरेसँगै देउवाले पनि मधेसी दलसँगको बैठक बोलाएका छन् । कांग्रेस समेत एमाओवादीको नेतृत्वमा सरकार बनाउन सकारात्मक रहेको बताइन्छ । 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget