Websoft University

www.radiomakalu.com || 021-522512


आठ करोड मूल्यको प्रतिबन्धित जडीबुटी पाँच औले बरामद



कञ्चनपुर , वैशाख २७ गते । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेना नजिकबाट सशस्त्र प्रहरीले आइतबार रु आठ करोड मूल्यको प्रतिबन्धित जडीबुटी पाँच औले बरामद गरेको छ ।
भारततर्फ म१प ३४३६ र भारतीय युए ०६ जी २९६३ नम्बरको दुईवटा मोटरसाइकलमा चार बोरा प्रतिबन्धित जडीबुटी पाँच औंले निकासी भइरहेको अवस्थामा राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सो जडीबुटी बरामद गरेको हो ।
बरामद जडीबुटी जिल्ला वन कार्यालय कञ्चनपुरमा जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीले बताए । सङ्कलन बिक्री वितरण र निकासीमा प्रतिबन्ध लगाइएको जडीबुटी पाँच औँले प्रतिगोटा रु एक हजार बढी मूल्य पर्ने वन कार्यालय कञ्चनपुरले जनाएको छ । बरामद जडीबुटीको बजार मूल्य रु आठ करोड बढी रहेको छ । - रासस 

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget